निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जनमा देखियो सामान्य सुधार, १४ मध्ये १० को व्यवसाय वृद्धि

१५ जेष्ठ २०८१, मंगलवार १२:५३

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा कूल बीमा व्यसवाय ० दशमलव ५७ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा अधिकांश कम्पनीले कुल बीमा व्यवसाय बढाएतापनि केही कम्पनी बढाउन असफल देखिएका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा ३१ अर्ब ८७ करोड ४८ लाख रुपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब ६८ करोड ९६ हजार रुपैयाँको व्यवसाय गरेको वित्तीय विवरणले देखाएको छ ।

तथ्याङ्क अनुसार ओरियण्टल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, नेशनल इन्स्योरेन्स र प्रभु इन्स्यारेन्सको बृद्धिदर दोहोरो अंकले बढेको देखिएको छ । साथै, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीसहित ४ कम्पनीको व्यवसायमा गिरावट आएको छ ।

गत आवको तुलनामा सबैभन्दा धेरै ओरियण्टल इन्स्योरेन्सको ४१.८० प्रतिशतले बृद्धि हुँदा हिमालयन एभरेष्ट १७.६६ प्रतिशतको बृद्धि हासिल गर्न सफल भएको छ । त्यस्तै, नेशनल इन्स्योरेन्सले १४.५३ प्रतिशतले व्यवसाय बृद्धि गर्दा प्रभु इन्स्योरेन्सले १३.६१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

त्यस्तै, अन्य व्यवसाय बृद्धि गर्न सफल निर्जीवन बीमा कम्पनीहरुमा नेको इन्स्योरेन्स ७.६४ प्रतिशत, सानिमा जिआइसी ६.९३ प्रतिशत, आइजिआई प्रुडेन्सियल ६.८९ प्रतिशत, सगरमाथा लुम्बिनी ४.१५ प्रतिशत, शिखर इन्स्योरेन्स २.५८ प्रतिशत, एनएलजी २.५७ प्रतिशतले व्यवसाय वृद्धि गराउन सफल भएका छन् ।

बैशाख महिनासम्ममा आर्जन गरेको व्यवसायको आधारमा गत आर्थिक वर्षको तुलनामा ४ कम्पनीको व्यवसाय घटेको छ । जसमा नेपाल इन्स्योरेन्सको १ प्रतिशत र सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको ३३.८३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*