स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब रुपैयाँ विनियोजन, सामाजिक सुरक्षा कार्यक्रमको दोहोरोपन हटाईने

१५ जेष्ठ २०८१, मंगलवार १६:३९

काठमाडौं । सरकारले आगामी वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमाको पहुँच विस्तार गरेर स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गरिने बताए।स्वास्थ्य बीमा कर्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गरिनेछ। स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा बीचको दोहोरोपन हटाइनेछ, उनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*