शिखर इन्स्योरेन्सद्वारा दाबी भुक्तानी लिन आग्रह

१७ जेष्ठ २०८१, बिहीबार ०८:३१

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी लिन बाँकी बीमितलाई भुक्तानी लिन आग्रह गरेको छ ।

गत फागुन १६ गते देखि जेठ १५ गतेसम्म परेको दाबी निवेदनहरूमा आवश्यक कागजात पेश नभएको र बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएपछि आवश्यक कागजात सहित सम्पर्कमा आउन आग्रह गरिएको छ ।

दाबी भुक्तानी लिन बाँकी बीमितले ३५ दिनभित्र कम्पनीको केन्द्रीय दाबी विभाग, प्रादेशिक तथा शाखा कार्यालय वा सम्बन्धित सर्भेयरलाई सम्पर्क गरी दाबी फर्छ्यौट गर्न भनिएको छ ।

साथै, तोकिएको समयभित्र आवश्यक कागजात पेश गरी दाबी नलिएमा वा बीमित सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिको दाबी फाईल बन्द गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*