नेको इन्स्योरेन्स आजबाट २८ औं वर्षमा, प्रविधिमैत्री, छरितो र दावी भुक्तानीमा जोड दिने प्रतिवद्धता

१७ जेष्ठ २०८१, बिहीबार १८:०६

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी २७ वर्ष पुरा गरी आजबाट २८ औं वर्षमा प्रवेश गरेको छ ।

२०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २८ औं वर्षमा प्रवेश गरेको हो ।

नेको इन्स्योरेन्स कम्पनीले २८ औं बार्षिकोत्सवको अवसरमा बीमा सेवालाई अझै सरल, प्रविधिमैत्री, छरितो र दावी भुक्तानीमा जोड दिने कम्पनीका सिईओ अशोक खड्काले बताएका छन् । बीमा सेवालाई भरपर्दो र विश्वसनीय बनाएर अघि बढ्ने प्रतिबद्धता उनले दिएको छ।

कम्पनीले २८ औं बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै बीमालाई आम जनताको दैनिकीसँग प्रत्यक्ष जोडेर अघि बढ्ने प्रतिबद्धता जनाएकोछ ।नेको इन्स्योरेन्स कम्पनीका अध्यक्ष रमेश कुमार निरौलाले आजसम्म योगदान पुर्याउने सबै बीमासेवाग्राही, कर्मचारी, नियामक निकायलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

साथै उनलृ कम्पनीलाई अझै उत्कृष्ट बनाउने, सर्वसाधारणको विश्वसनीय बीमा सेवा प्रवाह गर्ने कम्पनीको रुपमा कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

२०५३ सालमा प्रमोटर शेयरलगानीकर्ताको तीन करोडबाट सुरु भएको कम्पनीको चुक्ता पुँजि चालु आवको तेस्रो त्रैमासम्म आईपुग्दा २ अर्ब रुपैयाँ रहेको छ। २०५१ सालमा कम्पनी दर्ता गरी दुई वर्षपछि बीमा समितिबाट अनुमति पाएको नेको इन्स्योरेन्समा कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक तथा नेपालका ठूलो व्यवसायिक घराना उपेन्द्र महतो समुहको लगानी छ ।

२७ वर्षको यात्राको दौरानमा नेपाली बीमा क्षेत्रमा एक सफल, समक्ष, अब्बल र बीमितहरुलाई छरितो दावी भुक्तानी गरी देशकै नेतृत्वदायी बीमा कम्पनीको पहिचान बनाउन सफल नेको इन्स्योरेन्सको आगामी यात्रा झनै उज्वल छ ।
नेको इन्स्योरेन्स कम्पनी यसै वर्षदेखि काठमाडौंको ज्ञानेश्वरमा नव निर्मित आफ्नै ‘बीमा भवन’बाट बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*