करिब ३ महिनादेखि रोकिएको कृषि बीमा सुचारु गर्ने तयारीमा कम्पनी

१८ जेष्ठ २०८१, शुक्रबार १३:२८

काठमाडौं |कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहको अश्वासनपछि करिब ३ महिनादेखि रोकिएको कृषि बीमा सुचारु गर्न कम्पनीहरु गर्ने तयारीमा रहेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले गत चैत १ गतेदेखि कृषि बीमालेख रोकेका थिए । मन्त्रालयले अनुदान वापतको रकम भुक्तानी नदिएको भन्दै कम्पनीहरुले उधारो बीमालेख जारी नगर्ने निर्णय गरेका थिए ।

हिजो मन्त्रालयमा भएको त्रिपक्षीय छलफलले साँढे दुई महिनादेखि रोकिएको कृषि बीमालेख जारी गर्नका लागि बाटो खुलाएको हो ।यसपछि शुक्रबारबाटै लागू हुने गरि बीमा लेख बिक्री खुलाएको कम्पनीहरुले बताएका छन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बीमा बापत बीमा कम्पनीहरुले पाउनुपर्ने ९७ करोड रुपैयाँ प्रिमियम भुक्तानी गर्ने निर्णय गरेको छ ।बाली तथा पशुबिमा गरेवापत बीमा कम्पनीहरुले पाउनुपर्ने अनुदान बक्यौता नपाएका कारण बीमा कम्पनीहरुले गत चैतदेखि बीमा कार्य बन्द गरेको थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा बोल्दै कृषि मन्त्री ज्वालाले मन्त्रालयले यसै आर्थिक बर्षको अन्त्य सम्ममा भुक्तानी हुन बाँकी रकम यथासिघ्र भुक्तानी गर्ने बताइन ।

बीमा कम्पनीहरुले पाउनुपर्ने अनुदान प्रिमियम बापतको अनुदान रोकिएपछि किसानले दुःख पाएको भन्दै उनले चाँडोभन्दा चाँडो रकम निकासाका लागि आफुले पहल गर्ने बताइन् ।

कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा सरकारले ८० प्रतिशत अनुदान घोषणा गरेको छ। बीमा कम्पनीले २० प्रतिशत रकम कृषकबाट उठाएर पोलिसी बिक्री गर्दै आएका थिए। तर, अनुदान रकम नपाएको भन्दै उनीहरुले चैत १ देखि पोलिसी बेचेका छैनन्। बीमक संघले दोस्रो पटक गत वैशाख १२ गते सरकारले अनुदान नदिएका कारण बीमितको दाबी भुक्तानी समेत रोकिन सक्ने चेतावनी सहितको विज्ञप्ति जारी गरेको थियो ।

त्यसको केही समयमै प्राधिकरणले कम्पनीहरुलाई अनुदानको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल भइरहेको र अनुदान प्राप्त हुने भन्दै कृषि बीमा व्यवसाय तथा दाबी भुक्तानी नरोक्न निर्देशन दिएको थियो ।तर, कम्पनीहरुले पुरै अनुदान रकम नपाए उधारो पोलिसी बिक्री र दाबी भुक्तानी दिन नसकिने बताउँदै आएका िथए |

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*