दाबी भुक्तानी लिन आइजीआई प्रुडेन्सियलको आग्रह

२२ जेष्ठ २०८१, मंगलवार ०७:१५

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०।८१ वैशाख मसान्त सम्मको बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ ।

कम्पनीमा बीमितहरूले दिएको बीमा दाबीको निवेदनमा कागजात अपुग रहेको र बीमित सम्र्पकमा नआएपछि बीमितलाई आवश्यक कागजात सहित २१ दिनभित्र कम्पनी वा सम्बन्धित सर्भेयरको सम्पर्कमा आउन भनेको हो ।

तोकिएको समयभित्र सम्पर्क गरी दाबी भुक्तानीको प्रक्रिया अघि नबढाएमा बीमा दाबीको फाईल बन्द गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*