नेको इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान

२५ जेष्ठ २०८१, शुक्रबार ०७:३३

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको छ । आर्थिक वर्ष २०८१।८२ मा कम्पनीको बीमालेखमा परेका दाबीहरूको क्षति सर्वेक्षण, अनुसन्धान तथा मुल्याङ्कन गर्न कम्पनीले बीमा सर्भेयरको सूची दर्ता आह्वान गरेको हो ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट सर्भेयर इजाजत पत्र प्राप्त गरी इजाजत बहाल रहेका र नेको इन्स्योरेन्समा सूचीकृत नभएका इच्छुक सर्भेयर व्यक्ति वा संस्थाले सूची दर्ताका लागि निवेदन दिन सक्नेछन् । यसका लागि आवश्यक कागजात सहित १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बीमाभवन, ज्ञानेश्वर वा शाखा कार्यालय मार्फत सूची दर्ता गराउनु पर्नेछ ।

सूचीकरण हुन इच्छुक सर्भेयरले नेपाल बीमा प्राधिकरणबाट प्राप्त गरेको सर्भेयर इजाजत प्रमाणपत्रको प्रतिलिपि, फर्म वा कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि (संस्थाको लागि मात्र), प्यान नम्बर तथा मूल्य अभिबृद्धि कर प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत तथा फर्म वा कम्पनीको अद्यावधिक विवरणका साथै नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*