हिमालयन एभरेष्ट इन्स्योरेन्समा कर्मचारी माग

२५ जेष्ठ २०८१, शुक्रबार १२:०७

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रही काम गर्न योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आवेदन माग गरेको हो ।

कम्पनीले हेल्थ असिस्टेन्टमा केही मात्रामा आवेदन खुलाएको छ । यसमा मान्यता प्राप्त शिक्षणा संस्थाबाट जनरल मेडिसियन तथा फार्मेसीमा डिप्लोमा गरेकाले आवेदन दिन पाउनेछन् । त्यस्तै, कम्पनीले आईटी अफिसर, आईटी डिपार्टमेन्टमा पनि केही संख्यामा आवेदन माग गरेको छ । यसमा मान्यता प्राप्त शिक्षण संस्थाबाट टेक्नोलोजि वा कम्प्यूटर साइन्स विषयमा ब्याचलर गरेकाले आवेदन दिन पाउनेछन् । अनुभव प्राप्तलाई विशेष प्राथमिकता दिइनेछ ।

तोकिएको अन्य योग्यता पुगेका इच्छुक नागरिकले आवश्यक कागजात सहित असार ७ गतेसम्म तोकिएको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*