नेको इन्स्योरेन्सद्वारा दाबी भुक्तानी लिन आग्रह

२८ जेष्ठ २०८१, सोमबार ०७:०५

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमितहरूलाई आर्थिक वर्ष २०८०।८१ वैशाख मसान्त सम्मको बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ ।

कम्पनीमा बीमितहरूले दिएको बीमा दाबीको निवेदनमा कागजात अपुग रहेको र सम्बन्धित बीमित सम्पर्कमा नआएपछि आवश्यक कागजात सहित १५ दिनभित्र कम्पनी वा सम्बन्धित सर्भेयरको सम्पर्कमा आउन आग्रह गरेको छ ।

उक्त समयभित्र पनि सम्पर्क गरी दाबी भुक्तानीको प्रक्रिया अघि नबढाएमा बीमा दाबीको फाइल बन्द गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*