सेन्चुरी बैंक घोटाला काण्डमा नेको इन्स्योरेन्सका अध्यक्ष निरौला प्रहरी हिराशतमा

२८ जेष्ठ २०८१, सोमबार २०:५९

काठमाडौं । नेपाल प्रहरीको सिआईबीले सेन्चुरी बैंक घोटाला काण्डमा तत्कालिन सञ्चालकहरु पक्राउ गर्ने क्रममा नेको इन्स्योरेन्स कम्पनीका बहालवाला अध्यक्ष रमेश कुमार निरौला प्रहरी हिराशतमा पुगेका छन् ।

प्रहरीले सेन्चुरी बैंक घोटाला काण्डमा संलग्न भएको भन्दै अध्यक्ष राजेश श्रेष्ठ तथा बैंकका तत्कालिन सञ्चालक निरौलासहित आठ जना व्यक्तिहरुलाई आज पक्राउ गरेको हो । पक्राउ गरेका निरौलासहितका व्यक्तिहरुलाई सिआईबीको हिराशतमा राखिएको छ ।

उता, अध्यक्ष पक्राउ परेपछि नेको इन्स्योरेन्स कम्पनीमा अन्योलता सुरु भएको छ । अबको प्रक्रिया के हुन्छ भन्नेबारेमा अन्योल सुरु भएको हो । यद्यपि पक्राउ परेकाहरुलाई म्याद थप गरेपछि मात्रै औपचारिक पुष्टि हुनेछ ।

निरौला गत माघ १२ गते सम्पन्न भएको साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् । सेन्चुरी बैंक घोटाला काण्डमा निरौला प्रत्यक्ष संलग्न थिएनन् । उनी भन्दा अघिल्लो कार्य समितिको पालामा घोटाला भएको थियो । घोटाला भइसकेपछि निरौला सञ्चालक बनेर सेन्चुरी बैंक पुगेका थिए । हाल सेन्चुरी बैंक प्रभु बैंकमा मर्ज भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*