यूनाइटेड अजोड इन्स्योरेन्समा कर्मचारी माग

३० जेष्ठ २०८१, बुधबार १०:२६

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा योग्य तथा दक्ष कर्मचारीहरू माग गरेको हो ।

कम्पनीले मार्केटिङ विभागअन्तर्गत म्यानेजर, अफिसर र असिस्टेन्ट पदहरूमा दरखास्त माग गरेको हो । कर्मचारीहरूले हेड, रेजिनल तथा ब्रान्च अफिसहरूमा रहेर काम गर्नुपर्नेछ । मेनेजर लेभलका लगि मास्टर डिग्री गरेको, अफिसर लेभलका लागि ब्याचरल डिग्री र असिस्टेन्टका लागि प्लस टू गरेका र अन्य तोकिएको योग्यता तथा अनुभव भएकाले आवेदन दिन पाउनेछन् ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित सात दिनभित्र कम्पनीको इमेल ठेगाना [email protected] मार्फत आवेदन दिनुपर्नेछ ।

One thought on “यूनाइटेड अजोड इन्स्योरेन्समा कर्मचारी माग

  1. निशा योञ्जन says:

    म यस कार्यालयमा माग भएको पद मध्य असिस्टेन्ट मा निवेदन दिन चाहन्छु । उक्त पदको लागि आवश्यक योग्यता पुरा भएको र काम गर्न इच्छुक रहेको बताउँदछु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*