सल्यानमा एनएलजी इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम

२ असार २०८१, आईतवार १२:१३

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानको शारदा नगरपालिका ९ स्थित साल्चौरमा बीमा सचेतना कार्यक्रम गरेको छ । कम्पनीले कृषकको टोलटोल र घरघरमा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै शुक्रबार कृषि तथा पशुपन्छी बीमासम्बन्धी छलफल कार्यक्रम गरेको हो ।

कृषकलाई बीमाको दायरामा ल्याउन जिल्लाका विभिन्न ठाँउहरूमा बीमा सचेतना कार्यक्रम गरीरहेको कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठल बताए ।

कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीले बीमा कृषकलाई अत्यावश्यक रहेकाले बीमा फलदायी हुने बताए । उनले कृषकलाई बीमाको दायरामा ल्याउन थप प्रयास गर्ने जनाउँदै यस्तो कार्यक्रम आफ्नो वडामा पहिलोपटक भएको र बेलाबेला हुनुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथी टेकमाइन्ड नेटवर्क कर्णाली प्रदेश प्रमुख सङ्गम बिहानी, आइएमई लाइफका सल्यान शाखा प्रमुख भरत रोकाय, वडा सदस्य बेलधर बुढा, निवर्तमान वडाध्यक्ष चक्र बहादुर घर्ती र कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमका सभाध्यक्ष तथा कम्पनीका श्रीनगर शाखाप्रमुख अनुराग बोहराले छलफल कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिए । उनले सल्यानमा कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न अभ्यास गरिँदै आएको र यसलाइ थप निरन्तरता दिने बताए । उनले कार्यक्रम आयोजना गर्नुको उद्देश्य, कृषि तथा पशुपन्छी बीमाका प्रावधान र महत्व आदिका बारेमा थप प्रकाश पारे ।

उक्त कार्यक्रममा ३८ जनाभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*