संसद् भवनभित्रै अस्ताए एक जना सुरक्षाकर्मी

५ असार २०८१, बुधबार १०:१८

काठमाडौं । संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयले जनाएको छ ।

दोलखा मेलुङ गाउँपालिका–४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

‘गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरीले बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*