धितोपत्र बोर्डको अध्यक्ष कानुनी प्रक्रियाबाट गर्न सरकारसँग सांसद रामहरी खतिवडाको आग्रह
काठमाडौँ । प्रतिनिधि सभाका सांसद रामहरी खतिवडाले नेपाल धितोपत्र बोर्डको अध्यक्ष कानुनी प्रक्रियाबाट गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि सत्तारुढ दलहरुका रस्साकस्सी पुगेको छ । कानुनी प्रक्रिया नपुराई अघि बढेको भन्ने सुन्नमा आएको छ । कानुन अनुसार नियुक्ति गर्ने पद्दतिको विकास होस् ।’
साथै,राष्ट्रपतिले कुनै पार्टीको सदस्य नविकरण गरेको भए सेवा सुविधा बारे के हुन्छ सरकारले जवाफ दिनुपर्ने उनले माग छ । ‘राष्ट्रपटिले कुनै पार्टीको सदस्य नविकरण गरेको पाइको छ । सदस्य नविकरण भएको भए पूर्व राष्ट्रपतिको सुविधा लिन पाउने हो होइन । संविधानमा के छ जवाफ दिनु पर्नेछ’ खतिवडाले भने ।