अर्बौ राजस्व छलि गरेको कोटीभीटी आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गरेर फरार

६ असार २०८१, बिहीबार १७:२७

काठमाडौँ । नेपालमा दर्ता भएर काम गर्दै आइरहेको अमेरिकी प्रविधि कम्पनी कोटीभीटी अर्बौ राजस्व छलि गरी नेपालबाट बाहिरिएको छ । राजस्व छलि गरेको आरोपमा अनुसन्धान भइरहेको बेला कम्पनीले आफ्नो नाममा रहेको दायित्व नेपाल इन्फाइनाइटल कम्प्युटर सोलुसनलाई बिक्री गरेर फरार भएको हो ।

कोटीभीटीले शेयर बिक्री गरेको कम्पनी इन्फाइनाइटल पनि अमेरिकी कम्पनी नै हो । राजस्व अनुसन्धान विभागले कोटीभीटी विरुद्ध उच्च अदालत पाटनमा २०८० चैतमा मुद्दा दर्ता गरेको थियो । कोटीभीटी नेपाल विरुद्ध विभागले कर छली अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । विभागले ४ अर्ब ७६ करोड राजस्व चुहावट कसुर भएको र राज्यलाई कुल ५ अर्ब १८ करोड कायम गरी मुद्दा दायर गरेको हो ।

सोहिबीचमा कम्पनीले आफ्नो शेयर बिक्री गरेर फरार भएको देखिएको हो । विश्वका विभिन्न देशमा कार्यालय स्थापना गरेर सफ्टवेयर डेभलपमेन्टको काम गर्दै आएको नेपाल इन्फाइनाइटल कम्प्युटर सोलुसनले पनि कोटीभीटीको जस्तै काम गर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*