आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइँदै

काठमाडौं । आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। प्रत्येक वर्षको कात्तिक शुक्ल एकादशीको दिन भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह गरी यो पर्व मनाइँने गरिन्छ।
भक्तजनहरूले तुलसीको पूजा गर्दै भगवान विष्णुको विशेष आराधना गर्छन् र यसलाई विशेष पुण्य प्राप्त हुने दिनका रूपमा लिन्छन्। यस दिनलाई विष्णु भगवान् चार महिनाको योगनिद्राबाट जागृत हुने दिनका रूपमा समेत मानिन्छ ।
आज मंदिरहरू र आँगनहरूमा तुलसीको मण्डप सजाइँदै, दीप प्रज्वलन, भजन–कीर्तन र प्रसाद वितरणका साथमा श्रद्धालुहरूले दिनभर धार्मिक उल्लासका साथ यो पर्व मनाइँने गरिन्छ।
यो पर्व मनाउँदा पापमोचन र पुण्य प्राप्ति हुने, स्वास्थ्य र रोग निवारण हुने साथै घरमा यमदूत पस्न नसक्ने धार्मिक विश्वास रहीआएको छ।










