धनगढी उपमहानगरपालिकाद्वारा १७ करोड राजस्व संकलन

काठमाडौंँ । कैलालीको धनगढी उपमहानगरपालिकाले १७ करोड एक लाख दुई हजार ७२ राजस्व संकलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व संकलन गरेको हो ।
यस अवधिमा सम्पत्ति करबाट एक करोड ९२ लाख ६७ हजार रुपैयाँ, भूमिकर–मालपोतबाट एक करोड २३ लाख ६८ हजार रुपैयाँ, बहालकरबाट तीन करोड ५२ लाख ८३ हजार रुपैयाँ, अन्य राजस्वबाट तीन करोड ५२ लाख १२ हजार रुपैयाँ, व्यवसाय करबाट दुई करोड ७९ लाख ७९ हजार रुपैयँ र नक्सापास दस्तुरबाट एक करोड ६५ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए।
राजस्व संकलनमा कडाइ हुनुका साथै करका दायरा फराकिलो हुँदै जाँदा राजस्व संकलन वृद्धि भएको उप–महानगरपालिकाले जनाएको छ ।