रवि लामिछाने रिहा हुने भएपछि भाले बोकेर पुगे समर्थक

२४ माघ २०८१, बिहीबार १८:१६

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेसँगै समर्थकहरूले खुसीयाली मनाएका छन् । केही समर्थक खुसीयालीमा अदालत आसपासको क्षेत्रमा भालेसमेत बोकेर पुगेका थिए ।

सो क्रममा समर्थकहरूले रविको पक्षमा नाराबाजी गरेका थिए । चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो ।

साहारा सहकारी ठगीमा अदालतले बिहीबार उनलाई ५४ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*