अर्थ मन्त्रालयमा सह सचिवहरुको व्यापक सरुवा, वित्तीयमा पोखरेल, प्रबक्ता भट्टराई बने भन्सारको महानिर्देशक

३० माघ २०८१, बुधबार २२:१२

काठमाडौं । अर्थमन्त्रालयभित्रका सह सचिवहरुको व्यापक सरुवा र फेरबदल गरिएको छ । अर्थमन्त्रालयका अनुसार बुधबार १४ जना सह सचिवहरुको सरुवा गरिएको छ । जसमा प्रशासन महाशाखाका प्रमुख तथा नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाललाई आन्तरिक राजश्व विभागको महानिर्देशक बनाइएको छ । त्यस्तै, मकवानपुरका सिडिओ तिर्थराज चिलुवाललाई अर्थमन्त्रालयमा तानेर आन्तरिक राजश्व विभागकै उप महानिर्देशक बनाइएको छ ।

त्यस्तै, अर्थ मन्त्रालयका प्रबक्ता महेश भट्टराईलाई भन्सार विभागको महानिर्देशकमा सरुवा गरिएको छ । थान प्रसाद पंगेनीलाई अर्थको प्रशासन महाशाखामा सरुवा गरिएको छ । त्यस्तै, शोभाकान्त पौडेललाई तालिम शाखाबाट अर्थकै आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरिएको छ । उता, महेश आचार्यलाई आर्थिक नीतिबाट तालिम प्रमुख सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ ।

उता, बैंक तथा वित्त र बीमा क्षेत्रलाई हेर्ने निकाय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सेवन्तक पोखरेललाई सरुवा गरिएको छ । पोखरेल आन्तरिक राजश्व विभागमा थिए ।

त्यस्तै, पार्वती अर्याललाई प्रमुख भन्सार परिक्षण प्रशासकको रुपमा सरुवा गरिएको छ । त्यस्तै, महेश बराललाई वित्तीय संघीयता महाशाखामा, यमुना प्रधानलाई सह महालेखा नियन्त्रक, महालेखामा सरुवा गरिएको छ । त्यस्तै, गोपीकृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा सरुवा गरिएको छ ।

अमृत लम्साललाई भन्सार विभाग, श्याम प्रसाद भण्डारीलाई योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा र श्रीचन्द्र शाहलाई अन्तरिक राजश्व विभागमा सरुवा गरिएको छ ।

 

mof deputy seceratery list

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*