अमेरिकी डलरको मूल्य स्थिर, यूरो र पाउण्डको भाउ घट्यो
१२ फाल्गुन २०८१, सोमबार ०६:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन १२ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिदमूल्य १३८.४५ रुपैयाँ र बिक्रीमूल्य १३९.०५ रुपैयाँ कायम भएको छ, अघिल्लो दिन पनि यही मूल्य कायम भएको थियो।
यस दिन एक युरोपियन युरोको खरिददर १४४.८० रुपैयाँ र बिक्रीदर १४५.४३ रुपैयाँ तोकिएको छ भने एक यूके पाउण्ड स्टर्लिङ्गको खरिददर १७४.८८ रुपैयाँ र बिक्रीदर १७५.६४ रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो।














