लमजुङमा भूकम्पको धक्का

१२ फाल्गुन २०८१, सोमबार १०:२५

काठमाडौं । लमजुङमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको धक्का केन्द्रविन्दु आसपासका क्षेत्रहरूमा पनि महसूस गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*