कालीमाटीको काउलीमा विषादी
१३ फाल्गुन २०८१, मंगलवार १३:१६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारको ६१३ नम्बरको पसलको काउलीमा विषादी पाइएको छ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले आज फागनु १३ गते गरेको परीक्षणमा प्रेम खड्गीले बेच्न राखेको ११० नम्बर बाली कोडको धादिङ्गमा उत्पादित काउलीमा अत्यधिक मात्रामा अर्गानोफस्फेट नामको विषादी पाइएको हो।
उक्त पसलको काउलीमा ९७ दशमलव ६२३ प्रतिशत अर्गानोफस्फेट नामको विषादी पाइएपछि विषादी प्रयोगशाला एकाईले उपभोग गर्न अयोग्य घोषित गरेको छ।













