बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाको पदभार ग्रहण (तस्विरहरु)
१३ फाल्गुन २०८१, मंगलवार १७:२३

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पदभार ग्रहण गरेका छन्। उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षको लागि बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषदको बैठकले ओझा लाई बीमा ऐन २०७९ को दफा ८ को उपदफा (क) बमोजिम आगामी चार बर्षको लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अध्यक्ष ओझालाई प्राधिकरणका कर्मचारीहरुले भव्य रुपमा स्वागत गरेका छन् ।


















