७ महिनामा लघु जीवन बीमकको कुल बीमा शुल्क आर्जन साढे ६२ करोडबढी, कुनको कति ?

१३ फाल्गुन २०८१, मंगलवार १८:०५

काठमाडौं । नेपालमा सञ्चालित लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ माघ मसान्तसम्मको अवधिमा ६२ करोड ५२ लाख रुपैयाँको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको विवरण अनुसार सञ्चालित तीन जीवन बीमा कम्पनीहरुले उक्त व्यवसाय गरेका हुन् ।

लघु जीवन बीमा कम्पनीहरुमध्ये गार्डियन माइक्रो लाइफले २४ करोड ५१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ५ लाख २४ हजार ४१२ वटा बीमा पोलिसी बिक्री गरी सो व्यवसाय गरेको हो ।

साथै क्रेष्ट माइक्रो लाइफले १ लाख ३८ हजार ७३० वटा बीमा पोलिसी बिक्री गरी कुल २२ करोड ८४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ८३ हजार ६५८ वटा बीमा पोलिसी बिक्री गरी कुल १५ करोड १६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*