सहकारीको ऋण लिएर जुनारको नर्सरी, वार्षिक २५ लाखको कारोबार

सिन्धुली जिल्लाको रतनचुरा ५ मा रहेको नर्सरीमा उत्पादन भएको जुनारको वेर्ना पश्चिममा दैलेखदेखि पूर्वमा इलामसम्म निकासी हुने गरेको छ । त्यो पनि कृषि विकास कार्यालयको सिफारिसमा ।
२०३२ सालमा स्थापना भएको रतनचुराको एक नर्सरीले २०३९ सालदेखि औपचारिक रूपमा जुनार, सुन्तला, कागती र मुनतला (बोक्रै सित खाईने सुन्तलाको एक जात) रतनचुरका कृषक चुडाराज शर्माले २०३९ सालदेखि उक्त नर्सरीबाट जुनार लगागतका विरुबा उत्पादन र बिक्रि गर्दै आएका छन ।
सानो संख्यामा विरुवा उत्पादन गरी बिक्री गर्दै आएका शर्मा केही बर्ष अगाडि स्थानीय रतनचुरा सहकारी संस्थाबाट ऋण लिएर काम सुरु गरेका शर्माले अहिले वार्षिक २५ लाख रुपैया बराबरको कारोबार गर्दै आएका छन ।
शर्माले वार्षिक २० हजारको हाराहारीमा विरुवा उत्पादन गर्दै आएका छन । उनले उत्पादन गरेको विरुवा सिन्धुली जिल्लाको धेरै जसो जुनार कृषकहरुको बगैचामा पुगि सकेको छ भने कृषि विकास कार्यालयको सहकार्यमा नेपाल भरी फैलिएको छ ।
उनले दुई थरीको विरुवा उत्पादन गर्ने गरेका छन । एक थरी विरुवाको प्रतिगोटा ३५ रुपैया र अर्काे थरी विरुवा १ सय २५ रुपैयामा बिक्री गर्ने गरेका छन । एक थरी विरुवा खेतवारीमा खुल्ला रूपमा उत्पादन गरिएको हुन्छ भने अर्काे थरी स्कृन हाउस (प्लाष्टिको घर) मा उत्पादन गरिएको हुन्छ ।
शर्माका अनुसार स्कृन हाउसमा उत्पादन गरिएको विरुवा निरोगी हुन्छ भने बाहिर उत्पादन गरिएको विरुवालाई चाडै रोगले संक्रमण गर्न सक्ने खतरा हुन्छ । समुन्द्र सतहभन्दा ८ सयदेखि १३ सय मिटरको उचाईमा यसको खेति हुने शर्माले बताए ।
शर्माले कृषि विकास कार्यालयको ७ लाख र आफ्नो व्यक्तिगत ८ लाख गरी १५ लाखको लागतमा उक्त नर्सरी स्थापना गरेको बताए । उनले वार्षिक २५ लाखको विरुवा उत्पादन र बिक्री गर्ने गरेको बताए । उनी दैनिक ५ देखि ८ घण्टा नर्सरीमा नै बिताउने गरेको बताउछन । जुनार खेतिको लागी पूर्व दक्षिण फर्किएको जग्गा उपयुक्त हुने उनले बताए ।
उनले काठमाडौबाट बेर्ना उत्पादनको लागी ट्राइफोलिएट नामक बीउको दाना ल्याउने गरेको बताए । काठमाडौंमा त्यसको प्रतिकेजी ७ सय रुपैया पर्ने र १ केजीबाट २ हजारदेखि २ हजार ५ सयसम्म विरुवा उत्पादन हुने गरेको उनले बताए ।
उक्त विरुवा उत्पादन गरेपछि त्यसलाई स्थानीय बोटहरु मध्ये गुलियो फल लाग्ने, ठुला दाना हुने र निरोगी विरुवाबाट हाँगा काटी कलमीको मध्यमबाट विरुवा उत्पादन गर्ने गरेको शर्माले वताए । कार्तिकमा कलम लगाएको विरुवा एक बर्षमा नै फल्न थाल्ने उनले बताए । कार्तिकदेखि पुससम्म बिरुवाको कलमी गर्ने गरेको उनले बताए ।
तर कलमी गर्नको लागी सबैभन्दा उपयुक्त महिना कार्तिक भएको उनले बताए । उनले उत्पादन गरेको धेरै जसो विरुवा जिल्ला कृषि विकास कार्यालयले खरिद गरी कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बिक्री गर्ने गरेको छ ।
कार्यालयले जिल्लाको जुनार खेति गर्न सकिने कृषकहरुको माग अुनसार नर्सरीबाट खरिद गरी कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने गरेको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।