अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?

२३ फाल्गुन २०८१, शुक्रबार ०७:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २३ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३९.०९ रुपैयाँ र बिक्रीमूल्य १३९.६९ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको हो।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५०.०२ रुपैयाँ र बिक्रीदर १५०.६६ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७९.०४ रुपैयाँ र बिक्रीदर १७९.८१ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५६.९० रुपैयाँ र बिक्रीदर १५७.५७ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८७.९४ रुपैयाँ र बिक्रीदर ८८.३२ रुपैयाँ र क्यानाडियन डलर एकको खरिददर ९६.८३ रुपैयाँ र बिक्रीदर ९७.२५ रुपैयाँ रहेको छ।

सिङ्गापुर डलर एकको खरिददर १०४.३२ रुपैयाँ र बिक्रीदर १०४.७७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४५ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.२० रुपैयाँ र बिक्रीदर १९.२८ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३७.०८ रुपैयाँ र बिक्रीदर ३७.२४ रुपैयाँ र कतारी रियाल एकको खरिददर ३८.१६ रुपैयाँ र बिक्रीदर ३८.३३ रुपैयाँ निर्धारण गरिएको छ।

थाई भाट एकको खरिददर ४.१२ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.८७ रुपैयाँ र बिक्रीदर ३८.०३ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४२ रुपैयाँ र बिक्रीदर ३१.५५ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ र स्विडिस क्रोनर एकको खरिददर १३.७७ रुपैयाँ र बिक्रीदर १३.८३ रुपैयाँ रहेको छ।

त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.११ रुपैयाँ र बिक्रीदर २०.२० रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.९० रुपैयाँ र बिक्रीदर १७.९७ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१.३३ रुपैयाँ र बिक्रीदर ४५३.२७ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६८.९६ रुपैयाँ र बिक्रीदर ३७०.५६ रुपैयाँ र ओमानी रियाल एकको खरिददर ३६१.२८ रुपैयाँ र बिक्रीदर ३६२.८४ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*