इमानको दोस्रो वार्षिकोत्सवमा अमिर लामा सम्मानित

२५ फाल्गुन २०८१, आईतवार ०८:५३

काठमाडौं । इकोनमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आफ्नो दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथि रहेको कार्यक्रम गत शुक्रबार सम्पन्न भएको हो।

कार्यक्रममा लाइभ सेवा मिडिया प्रा.लि. तथा आर्थिक प्लस डटकमका अध्यक्ष अमिर लामालाई आर्थिक पत्रकारितामा पुर्याएको उल्लेखनीय योगदानका लागि विशेष सम्मान प्रदान गरिएको छ। सम्मान ग्रहण गर्दै लामाले आर्थिक पत्रकारिताको विकास र सुधारका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

सभामुख घिमिरेले प्रेस स्वतन्त्रताको महत्त्वबारे जोड दिँदै यसलाई सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याए। उनले संविधानले प्रदान गरेको मौलिक अधिकारको रक्षा गर्नुपर्ने र प्रेस स्वतन्त्रतामाथि कुनै पनि हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट पारे।

कार्यक्रममा आर्थिक मिडियाको भूमिका, यसले समाजमा पुर्याउने प्रभाव र देशको आर्थिक वृद्धिमा पत्रकारिताले पुर्याउने योगदानबारे विस्तृत छलफल भएको थियो। वक्ताहरूले आर्थिक पत्रकारिताले नागरिकलाई आर्थिक विषयमा जागरूक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै निष्पक्ष र पारदर्शी पत्रकारिताको आवश्यकता रहेको बताए।

इमानका पदाधिकारी, आर्थिक मिडियाका प्रतिनिधिहरू तथा अन्य गणमान्य व्यक्तिहरूको उपस्थितिमा सम्पन्न यस कार्यक्रमले आर्थिक मिडिया क्षेत्रको एकता बलियो बनाउने र यसको प्रवद्र्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास इमानले व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*