राधी विद्युतले पुनः बोलायो स्थगित विशेष साधारणसभा

४ चैत्र २०८१, सोमबार ०७:५४

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चैत ३ गते बोलाएको विशेष साधारणसभा गणपूरक संख्या नपुगेर स्थगित भएपछि चैत ११ गते पुनः सभा बोलाएको छ।

चैत ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ललितपुरको चापागाँउस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजे सभा बस्ने निर्णय गरेको हो।

सभाले हकप्रद शेयर निष्कासनपछि कायम हुने चुक्ता पूँजी बराबर हुने गरी जारी पूँजी संशोधन सहित कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिलाई अख्तियारी दिने साथै २ जना सञ्चालकको नियुक्ति गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले गत फागुन २५ गते बुक क्लोज गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*