दुजाङ शेर्पाको अराजकताः आरआर क्याम्पसमा बाहिरबाट केटा बोलाई तोडफोड

२२ बैशाख २०८२, सोमबार १२:५२

काठमाडौं । नेविसंघ केन्द्रिय कमिटीका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा सार्वजनिक सम्पत्तिमा तोडफोड गरिएको छ । स्ववियु निर्वाचन नगराई नेविसंघसँग औपचारिक छलफल नगरी सर्वसम्मत कमिटी घोषणा गरेको भन्दै शेर्पासहित टोलिले अराजक शैलीमा क्याम्पसमा तोडफोड गरेको हो ।

शेर्पाले बाहिरबाट केटाहरू बोलाएर प्रशासन कक्षमा रहेका ल्यापटप, कुर्सी लगायतका सामग्री तोडफोड गराएका छन् । तोडफोडका क्रममा महत्वपूर्ण कागजात च्यातिएको र क्याम्पसको शैक्षिक वातावरण नै आतंकित बनाएको विभिन्न विद्यार्थी र प्राध्यापकले बताएका छन् ।

क्याम्पसमा नेविसंघ इकाई कमिटिसँग छलफल गरेर स्ववियु घोषणा भएपनि नेविसंघ केन्द्रिय समितिले त्यसलाई अस्विकार गरेको छ । क्याम्पसले अनेरास्ववियुबाट सभापति लोकेशकुमार खड्का र नेविसंघबाट सचिव शैलेन्द्र उपाध्यायसहितको संयुक्त स्ववियु घोषणा गरिसकेको थियो । त्यसप्रति असन्तुष्टि जनाउने तरिका संवाद र प्रक्रियामार्फत हुनुपर्नेमा शेर्पाले देखाएको व्यवहारले नेविसंघभित्रको शेर्पा नेतृत्वको संस्कारमाथि नै प्रश्न उठाएको छ ।

One thought on “दुजाङ शेर्पाको अराजकताः आरआर क्याम्पसमा बाहिरबाट केटा बोलाई तोडफोड

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*