आरआर क्याम्पस तोडफोड प्रकरणः नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी

२६ बैशाख २०८२, शुक्रबार १५:३७

काठमाडौं । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तोडफोड गरेको अभियोगमा नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

वैशाख २२ गते नेविसंघका नेता तथा कार्यकर्ताहरूले आरआरमा तोडफोड गरेका थिए । नेवि संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी नेता भन्दा पनि क्याम्पस बाहिरका केटाहरु प्रयोग गरी तोडफोड गरिएको थियो । सोही कार्यका संलग्न १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । क्याम्पस प्रशासनले दिएको जाहेरीका आधारमा प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

निर्वाचन समितिले अनेरास्ववियुबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका लोकेश खड्काको अध्यक्षतामा स्ववियुको नयाँ कार्यसमिति चयन गरेको थियो  नेविसंघको तर्फबाट स्ववियु सचिवमा शैलेन्द्र उपाध्याय चयन भएका छन् ।

दुजाङ शेर्पाको अराजकताः आरआर क्याम्पसमा बाहिरबाट केटा बोलाई तोडफोड

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*