हिमालयन डिष्टिलरीको मुनाफा २५१ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

२९ बैशाख २०८२, सोमबार ०९:३१

काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडको मुनाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मुनाफा २५१.३२ प्रतिशतले बढेर ७३ करोड ९२ लाख रुपैयाँ खुद पुगेको हो । गत वर्ष यस कम्पनीले २१ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ३० करोड ७३ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २४४.३४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ७४ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ३४ लाख र जगेडा कोषमा ८८ करोड ७६ लाख रुपैयाँ छ ।

इपीएस ३२.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२८.८९ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*