जिल्ला हुलाक कार्यालय बारामा ५ करोड बढी भ्रष्टाचार, ६ जना विरुद्ध मुद्दा

३० बैशाख २०८२, मंगलवार १४:११

काठमाडौं । बाराको जिल्ला हुलाक कार्यालयमा पाँच करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

मुद्दा दायर गरिएकामध्ये जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साह तत्कालीन कार्यालय प्रमुख थिए।

हाल थुनामा रहेका बलीराम प्रसाद कुर्मीले २०६० सालदेखि बचत बैंक हेर्ने जिम्मा लिँदै आएका थिए। उनले बचतकर्ताको पैसा पासबुक र लेजर बुकमा मात्र देखाएर नगदी रजिस्टरमा नदेखाई बैंकमा जम्मा नगरीकनै बाँडेर रकम अपचलन गरेको खुलेको छ।

उनीहरूले हुलाक बचत बैंकको नियम, निर्देशिका र प्रक्रिया विपरीत गएर कार्यालयको रकम व्यक्तिगत लाभका लागि प्रयोग गरेको अनुसन्धानमा खुलेको हो।

यसरी आरोपीहरूले मिलेमतोमा बचतकर्ताको ५ करोड ३५ लाख रूपैयाँभन्दा बढी भ्रष्टाचार गरेको खुलेपछि अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*