उच्च अकंले घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
१ जेष्ठ २०८२, बिहीबार १०:२७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले घटेको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ ।