‘स्काईवेल’ को नयाँ अफर : लक्जरी ईभी एसयूभी खरिदमा युरोप टुर, विशेष छुट र एक्सचेन्ज बोनस

काठमाडौँ । नेपालमा स्काईवेल ब्रान्डका प्रीमियम विद्युतीय एसयूभी सवारीसाधनको आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘स्काईवेल एक्सचेन्ज अफर– अपग्रेड टु स्काईवेल : ड्राइभ लक्जरी ईभी एसयूभी’ सार्वजनिक गरेको छ। कम्पनीले यो योजना आगामी बजेटले सवारी मूल्यमा असर पार्नुअघि ग्राहकलाई फाइदा दिने उद्देश्यले ल्याएको हो।
जी मोटर्सले देशभरका आफ्ना शोरूममार्फत उक्त विशेष अफर लागू गरेको जानकारी दिएको छ। काठमाडौँको नक्साल, भक्तपुरको राधेराधे, सुनसरीको ईटहरी, बिराटनगर, पोखरा र चितवनस्थित शोरूमबाट ग्राहकले यो अफरको लाभ लिन सक्नेछन्।
अफरअन्तर्गत स्काईवेल सवारी खरिद गर्ने जोडी (कपल्स) ग्राहकलाई युरोप टुरको अवसर दिइनेछ। साथै, एक्सचेन्ज अफरअन्तर्गत विशेष छुट र बोनस पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालका अनुसार, २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्स सुविधा समेत उपलब्ध छ। अफर जेठ ५ गतेसम्म लागू हुनेछ।
कम्पनीका अनुसार, अफर सुरु भएको पहिलो दिनमै ७ वटा स्काईवेल एसयूभीको बुकिङ भएको छ। हालसम्म नेपालमा १४० भन्दा बढी स्काईवेलका प्रीमियम इटी ५–६२० किमी रेन्जका विद्युतीय एसयूभी बिक्री भइसकेका छन्।
यस अफरमा कम्पनीले ६२०, ५२० र ४१० किलोमिटर रेन्ज दिने इटी ५ र बीई ११ मोडेलका विद्युतीय एसयूभी बिक्रीका लागि उपलब्ध गराएको छ।
युरोपियन बजारमा अत्यधिक रुचाइएको स्काईवेलका सवारी साधन उच्च गुणस्तर, उत्कृष्ट परफरमेन्स र १५० किलोवाटसम्मको पावर क्षमताका कारण विश्वभर ६५ भन्दा बढी देशहरू — जर्मनी, बेलायत, अस्ट्रेलिया, टर्की, पोल्याण्ड, ल्याटिन अमेरिका र इजरायललगायतमा बिक्री हुँदै आएका छन्।
कम्पनीका अनुसार स्काईवेल सवारी नेपालको सबैखाले भू-भागमा सहज र विश्वसनीय यात्रा गर्न सक्षम छन्। उच्च ग्राउन्ड क्लेरेन्स, सस्पेन्सन सिस्टम र रियल टाइम कन्ट्रोल फिचरले नेपाली भूगोलमा पनि आरामदायक र सुरक्षित यात्रा सुनिश्चित गर्छ।
जी मोटर्सले स्काईवेललाई लक्जरी, प्रीमियम र वातावरणमैत्री विद्युतीय सवारीको रुपमा स्थापित गर्न चाहेको बताउँदै आएको छ। कम्पनीका अनुसार यस अफरमार्फत ग्राहकहरूले बजेट अघिनै लाभ उठाएर नयाँ प्रविधियुक्त एसयूभीमा अपग्रेड हुन सक्ने अवसर पाउनेछन्।