शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

४ जेष्ठ २०८२, आईतवार १७:११

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१सर्वसम्मत रुपमा पारित गरेको हो ।

‘विधेयकलाई पारित गरियोस्’ भनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रश्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई सभाका बहुमत सदस्यहरूले समर्थन गरेसँगै विधेयक सभाबाट सर्वसम्मतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

यो प्रस्ताव पारितसँगै सुदूरपश्चिमबासीहरुमा हर्षोउल्लासको माहोल बनेको छ । सोही अवसरमा आज साझ साढे ६ बजे माइतिघर मण्डलामा दिप प्रज्वलन गर्ने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*