सुनको मूल्य तोलामा कतिले बढ्यो ?

५ जेष्ठ २०८२, सोमबार १०:४८

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य ६०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी स्थिर छ । चाँदीको मूल्य आज दोस्रो दिन स्थिर भएको हो । गत शुक्रबार कायम मूल्य लाई नै आधार मानेर चाँदी खरिदबिक्री भएको हो । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*