ओली र देउवाबीच भेटवार्ता, अर्थमन्त्रीले डाकेनन् गभर्नर संयोजक समितिको बैठक

५ जेष्ठ २०८२, सोमबार १७:४५

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्नु अघि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के‍पी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ ।

सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकअघि ओली र देउवाबिच भेटवार्ता भएको हो । यता साढे ५ बजेसम्म पनि संयोजक समितिको बैठक बस्न सकेको छैन । प्रधानमन्त्री के‍पी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संयोजक समितिको छलफल नभएको बैठकलाई रहस्यपूर्ण तरिकाबाट हेरीएको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे अन्तिम छलफलका लागि देउवा र ओलीबिच भेट हुन लागेको प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले जानकारी दिए ।
कांग्रेस र एमालेबिच गभर्नरमा कांग्रेस निकट डा। विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको स्रोत बताउँछ ।

समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ भने सोही आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नर बनाउने निर्णय गर्नुपर्ने व्यवस्था छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*