गभर्नर नियुक्तिको बिषयमा टुंगो नलाग्दा मन्त्रिपरिषद बैठक स्थगित, ओली र देउवाबीच छलफल

५ जेष्ठ २०८२, सोमबार १८:४०

काठमाडौं । गभर्नर नियुक्तिको बिषयमा टुंगो नलाग्दा आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सो कारण आज साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ ।

आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे निर्णय गर्ने आकलन थियो । तथापि, गभर्नरको लागि सहति हुन नसकेसँगै मन्त्रिपरिषद् बैठक स्थगित भएको हो । मन्त्रिपरिषद् बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबिच छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के‍पी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री के‍पी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संयोजक समितिको छलफल नभएको बैठकलाई रहस्यपूर्ण तरिकाबाट हेरीएको थियो ।

अर्थमन्त्रीले गभर्नर नियुक्ति संयोजक समिति ६ बजेसम्म पनि डाकेका थिएनन् । सो कारण मन्त्रिपरिषद्मार्फत उक्त बिषय नसमेटिने भएपछि आजलाई स्थगित गरिएको बुझिएको छ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे अन्तिम छलफलका लागि देउवा र ओलीबिच भेट केही बिशेष कारण नै भेटवार्ता हुन लागेको प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले जानकारी दिए ।
कांग्रेस र एमालेबिच गभर्नरमा कांग्रेस निकट डा। विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको स्रोत बताउँछ ।

समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ भने सोही आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नर बनाउने निर्णय गर्नुपर्ने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*