बिजुली नआए ११५० मा कल गर्नूः विद्युत प्राधिकरण

६ जेष्ठ २०८२, मंगलवार ०९:५०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै बिजुली नआए ११५० हटलाइन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्राधिकरणले आँधी, चट्याङ र भारी वर्षका जस्ता प्रतिकूल मौसम तथा अन्य प्राविधिक कारणले कहिलेकाहीँ विद्युत आपूर्तिमा समस्या आउन सक्ने जनाएको छ।

विद्युत आपूर्तिमा प्रणालीगत अवरोध वा स्थानीय अवरोधका कारण विजुली जानसक्ने बताउँदै त्यस्तो समस्या भएमा उपभोक्ताबाट जानकारी पाएमा प्राधिरकणले चाँडै समाधान गर्ने उल्लेख गरेको छ।

साथै विद्युतमा समस्या भएमा वा जनगुनासोलाई तत्काल सम्बोन गर्न प्राधिकरणको प्रत्येक प्रादेशिक कार्यालय तथा डिभिजन कार्यालयमा स्थापित कल सेन्टरबाट अपेक्षित काम भए–नभएको जाँच्न समिति गठन गरिएको बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*