अर्थमन्त्री पौडेलद्वारा गभर्नर सिफारिस समितिको बैठक आह्वान

६ जेष्ठ २०८२, मंगलवार १४:२३

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेका छन्।

गभर्नर सिफारिस समितिको संयोजक अर्थमन्त्री पौडेल स्वयं रहेका छन्। समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री पोषराज पाण्डे सदस्यका रूपमा छन्।

राष्ट्र बैंकमा गभर्नरको पद चैत २४ गतेदेखि रिक्त छ। कार्यवाहक गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर नीलम ढुंगानाले सम्हाल्दै आइरहेकी छिन्।

सत्तारूढ दलहरूबीच गभर्नरको नाममा छलफल भइरहेका बेला कांग्रेस सभापति देउवाले प्रा.डा. विश्व पौडेलको नाम अघि सारेको बुझिएको छ।

प्रक्रियाअनुसार गभर्नर सिफारिस समितिले तीन जना उपयुक्त उम्मेदवारहरूको नाम सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद बैठकले तीमध्ये एकजनालाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*