गभर्नर सिफारिस समिति र मन्त्रिपरिषद्को बैठक आज बस्दै

६ जेष्ठ २०८२, मंगलवार १६:३२

साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएपछि साँझ मन्त्रिपरिषद् बैठक बोलाइएको हो । यसैबीच, आजै अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक पनि बोलाएका छन् ।  

साँझ ५ बजेपछि मन्त्रिपरिषद् बैठक बस्नेछ । त्यसभन्दा अघि नै गभर्नर छनोट समितिको बैठक बस्ने तयारी गरिएको छ । सम्भवतः बैठकले गभर्नर छनोटका लागि ३ जनाको नाम सिफारिस गर्नेछ । त्यसैको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नरमा नियुक्त गर्ने सम्भावना रहेको छ ।

नेपाली काँग्रेसले अर्थशास्त्री विश्व पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेको छ । अचानक अरु कुनै परिघटना विकास नभए सम्भवतः आजै विश्व पौडेल गभर्नर नियुक्त हुनेछन् । 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*