सिफारिस भएका तीन जनाको नाम लिए बालुवाटार पुगे अर्थमन्त्री
६ जेष्ठ २०८२, मंगलवार १७:५६

काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सम्पन्न भएको छ । आज सिंहदबारमा बसेको बैठकलगत्तै अर्थमन्त्री विष्णु पौडेल बालुवाटार हिँडेका छन् ।
सिफारिस समितिबाट अर्थशास्त्री विश्व पौडेलसहित तीन जनाको नाम गभर्नरमा सिफारिस भएको अर्थ मन्त्रालय स्रोतले बतायो ।
सोही नामको आधारमा विश्व पौडेललाई गभर्नर नियुक्ति गर्ने यसअघि नै राजनीतिक सहमति भइसकेको छ । यसबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक केहीबेरमा बालुवाटारमा बस्दै छ ।