सिग्मा कलेजको क्यान्टिनमा आगलागी, ३ लाख बराबरको क्षति

७ जेष्ठ २०८२, बुधबार १०:०४

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा रहेको सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आज बिहान आगलागी भएको छ।

ग्यास लिक भएर आगो लागेपछि क्यान्टिनमा भएका सामग्री जलेर नष्ट भएका छन्। आगलागीबाट करीब ३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा बिहान करीब ८ बजे आगो नियन्त्रणमा ल्याइएको थियो।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ बाघभैरव गुल्मबाट डिएसपी अशोक कुमार न्यौपाने र महानगरको वारुणयन्त्र कार्यालयबाट निरीक्षक धन बहादुर सुवेदीको टोली खटिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*