नयाँ गभर्नर बने लगत्तै एकै दिन पाँच हजारले बढ्यो सुनको मूल्य
७ जेष्ठ २०८२, बुधबार १०:४६

काठमाडौं । बुधबार आज सुनको मूल्यमा उच्च बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि शुद्ध सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८०० बाट पाँच हजारले बृद्धि भई एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ ।
नयाँ गभर्नरका रुपमा डा. विश्व पौडेलले नियुक्ती भई कार्यभार सम्हाल्ने दिन सुनको मूल्यमा उच्च बृद्धि भएको हो ।
त्यस्तै चाँदीको मूल्य पनि उच्च अंकले बृद्धि भएको छ । आज चाँदीको मूल्य १९४० प्रतितोलाबाट बृद्धि भई १९९० पुगेको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नरले सुनको मूल्य प्रभावित पार्न सक्दैनन् । सुनको मूल्य मागर आपूर्तिको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा तय हुने गर्दछ ।











