ओम मेगाश्रीले असार ६ गते बोलायो साधारण सभा, केके छन् प्रस्ताव?

काठमाडौं । हालै सर्वसाधारणमा आईपीओ जारी गरेको ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आउँदो असार ६ गते चितवनको उद्योग परिसरमा बिहान ११ बजेदेखि ९औं वार्षिक साधारण सभा बोलाएको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।
त्यस्तै सञ्चालक समितिको गठन गर्ने, सञ्चालकको भत्ता र सुविधा निर्धारण गर्ने, २ जना सर्वसाधारण सञ्चालक निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गर्नेछ।
सभा प्रयोजनार्थ कम्पनीले जेठ २० गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ जेठ १९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।