गौशालामा बसको वितण्डा, सातवटा सवारी साधनलाई ठक्कर

७ जेष्ठ २०८२, बुधबार १४:३२

काठमाडौं । काठमाडौंको गौशालास्थित पिंगलास्थानमा बुधबार अनियन्त्रित यात्रुवाहक बसले वितण्डा मच्चाउँदा अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ।

गौशालाबाट एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको हो

उक्त बसले बा ५ ख ७३१ नम्बरको हायस माइक्रो, बागमती प्रदेश–०१–०२६ च ८५७६ नम्बरको कार, बिएसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कारलाई ठक्कर दिएको छ।

त्यस्तै प्रदेश–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा.५१ प २२ नम्बरको मोटरसाइकल र बागमती प्रदेश–०२–०४६ प ४८१९ नम्बरको स्कुटरलाई समेत उक्त बसले ठक्कर दिएको हो।

अन्य सवारी साधनलाई ठक्कर दिने गोकर्णेश्वर यातायातका चालक भने फरार भएका छन्।

उक्त दुर्घटनामा परेर घाइते भएका केहीलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*