सिन्धुलीमा स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते

८ जेष्ठ २०८२, बिहीबार १४:१३

काठमाडौं । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–१४ तल्लो रानीवासमा बिहीबार स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

झापाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–०२७ च ८७९९ नम्बरको स्कारपियो जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा ताप्लेजुङका २७ वर्षिय वोनश कडेरिया, काठमाडौंका ६५ वर्षिय पूर्णकाजी महर्जन, झापाका ३८ वर्षिय भवानी न्यौपाने र झापाकै ३० वर्षिय मनोजकुमार ताजपुरिया रहेका छन्।

घाइतेमध्ये कडेरिया र महर्जनको जनसेवा अस्पताल बर्दिबासमा, न्यौपाने र ताजपुरियाको आर एण्ड के मेडिकल भिमानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*