पाकिस्तानको खुफिया एजेन्सीका लागि काम गरेको आरोपमा एक जना नेपाली नागरिक पक्राउ

८ जेष्ठ २०८२, बिहीबार १७:२४

पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) का लागि काम गरेको आरोपमा एक जना नेपाली नागरिक पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

आउटलुक इन्डियाका अनुसार, दिल्ली पुलिसले आईएसआईको स्लीपर सेल (अरु नै भेषमा बसेर आवश्यक परेका बेला काम गर्ने गरी) विरुद्ध चलाएको अपरेशनका क्रममा दुई जना पक्राउ परेका थिए । तीमध्ये एक जना नेपाली नागरिक अन्सरुल मियान अन्सारी भएको समाचारमा उल्लेख गरिएको छ ।

सन् २०२५ को सुरुवात्देखि चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ गरेको समाचारमा जनाइएको छ । दिल्ली पुलिसले हालै अदालतमा अभियोग पत्र दायर गरेपछि यो घटना सार्वजनिक भएको हो ।

भारतीय समाचार एजेन्सी एसियन न्यूज इन्टरनेश्नल ९एएनआई० ले आईएसआईका तर्फबाट उनी दिल्ली आएको दाबी गरेको छ । ‘उनी पाकिस्तान जान लागेका बेला पक्राउ परेका थिए’, समाचारमा भनिएको छ, ‘दुवै जना अहिले तिहाड जेलमा छन् ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*