यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

९ जेष्ठ २०८२, शुक्रबार ०७:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ ९ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा रहेको छ।

युरोपियन युरो एकको खरीददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, बेलायती पाउन्ड एकको खरीददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरीददर १६६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरीददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा, क्यानाडियन डलर एकको खरीददर ९९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४८ पैसा, सिंगापुर डलर एकको खरीददर १०६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरीददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरीददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, साउदी रियाल एकको खरीददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा रहेको छ।

कतारी रियाल एकको खरीददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा, थाई भाट एकको खरीददर ४ रुपैयाँ १८ पैसा र बिक्रीदर ४ रुपैयाँ २० पैसा, युएई दिराम एकको खरीददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा छ।

मलेसियन रिङ्गिट एकको खरीददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा, कोरियन वन १०० को खरीददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्विडिश क्रोनर एकको खरीददर १४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।

डेनिस क्रोनर एकको खरीददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९१ पैसा, हङकङ डलर एकको खरीददर १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरीददर ४४७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।

बहराइन दिनार एकको खरीददर ३६४ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७८ पैसा, ओमानी रियाल एकको खरीददर ३५६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ २३ पैसा तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*