एकवर्ष भित्र हेटौंडा र उदयपुर सिमेन्ट निजि क्षेत्रलाई दिने सरकारको निर्णय
९ जेष्ठ २०८२, शुक्रबार १७:००

काठमाडौँ । सरकारी सिमेन्ट उद्योग सरकारले निजि क्षेत्रलाई सुम्पिने भएको छ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ सार्वजनिक गर्दै हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट निजि क्षेत्रलाई एक वर्ष भित्रै हस्तान्तरण गर्ने जनाएको हो ।
हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको डिडिए गरेर गाभी सरकारको केही हिस्सामात्र राखेर निजी क्षेत्रलाई सेयर बिक्री गर्ने जनाएको छ । एक वर्ष भित्रै यो कार्य सम्पन्न गर्ने सरकारको कार्ययोजना रहेको छ ।